गठबन्धनमा समस्या छैन, जसरी पनि टिक्छ : सभापति देउवा

गठबन्धनमा समस्या छैन, जसरी पनि टिक्छ : सभापति देउवा

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन्।

शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले गठबन्धन स्थिर रहेको जिकिर गरे। “गठबन्धन जसरी पनि टिक्छ, केही भएको छैन,” देउवाले भने।

उनले सत्ता समीकरण परिवर्तनबारे आफूलाई कुनै जानकारी नभएको पनि स्पष्ट पारे। “सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो, थाहा छैन मलाई,” देउवाले टिप्पणी गरे।