प्रधानमन्त्री ओलीसँग अब सत्तामा बस्ने नैतिक अधिकार छैन : माओवादी केन्द्र

प्रधानमन्त्री ओलीसँग अब सत्तामा बस्ने नैतिक अधिकार छैन : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार नभएको जिकिर गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान सरकार पूर्णरूपमा असफल भएको दाबी गरे।

‘यो सरकार आफ्नो औचित्य प्रमाणित गर्न चुकेको छ, गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीत बनेको छ,’ सापकोटाले भने, ‘देश र जनताको हितमा एउटा पनि उल्लेखनीय काम गर्न नसकेको यो सरकारसँग सत्तामा बस्ने कुनै नैतिक आधार छैन।’

उनले कांग्रेस–एमाले नेतृत्वको सरकारमाथि भ्रष्टाचारविरोधी अभियानलाई रोक्ने, सुशासनका पक्षमा काम गरिरहेका अधिकारीलाई निशाना बनाउने कार्य गरिरहेको आरोपसमेत लगाए।