

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले सोमबार ऐतिहासिक कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ थियो। आइतबार भने तोलाको १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन सोमबार १ हजार २०० रुपैयाँले बढेको हो।
चाँदीको मूल्य भने स्थिर रहँदै आइतबारको १ हजार ९६० रुपैयाँमै सोमबार पनि कायम छ।