शिक्षक आन्दोलनका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त, प्रमुख सडकमा सवारी रोक

शिक्षक आन्दोलनका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त, प्रमुख सडकमा सवारी रोक

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन आज निकै अस्तव्यस्त बनेको छ। शिक्षक तथा विद्यालय कर्मचारीहरूले कार्यालय समयमै बिजुलीबजार क्षेत्रमा गरेको प्रदर्शनका कारण प्रमुख सडकहरूमा सवारी अवरोध सिर्जना भएको हो।

प्रदर्शनलाई ध्यानमा राख्दै प्रहरीले माइतीघर–बबरमहल–नयाँबानेश्वर मार्गमा सवारी आवागमनमा रोक लगाएको छ। यसले गर्दा गाडीहरूलाई वैकल्पिक मार्गतर्फ डाइभर्ट गरिएको छ।

सवारी साधन डाइभर्ट गरिएपछि साँघुरा गल्ली तथा भित्री सडकमा अत्यधिक चाप बढेको छ। यसले गर्दा विभिन्न स्थानमा ट्राफिक जाम भएको छ, जसका कारण सवारी चालक र यात्रुहरू दुबै मारमा परेका छन्।

नियमित रुट परिवर्तन गर्नुपर्दा यात्रुहरूले गन्तव्यमा पुग्न ढिला हुनुका साथै लामो समय जाममा बस्नुपरेको गुनासो गरेका छन्। ट्राफिक प्रहरी महाशाखाले नागरिकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र धैर्य रहन आग्रह गरेको छ।