

काठमाडौं, २३ भदौ । गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एअरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको हो । हेलिकोप्टरमा कति सवार थिए र कस्तो अवस्थामा फेला परेको हो भन्ने विस्तृत विवरण नआएको प्रहरीले बताएको छ ।
****
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकाअनुसार बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने गोरखाको सामागाउँबाट उडेको हेलिकप्टरमा ६ जना यात्रु र एक जना क्याप्टेन रहेका छन् । गोरखाको सानोगाउँबाट उडेको केही मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको बताइएको छ ।
****
हेलिकप्टर धादिङ्ग र नुवाकोटको सीमावर्ती क्षेत्रमा खसेको जनाइएको छ ।हेलिकप्टरका पाइलटको नाम निश्चल केसी रहेको खुलेको छ । अरु ६ यात्रु पनि रहेको बताइएको छ । पाइलट र यात्रुको अवस्थाबारे केही थाहा भएको छैन ।
थप विवरण आउन बाँकी।