

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आइतबार फेरि ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो।
यसअघि शुक्रबार सुन तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्न थालेपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको हो।
चाँदीको मूल्य पनि उकालो लागेको छ। शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर १ हजार ९६० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।