

काठमाडौं । हङकङमा हुने चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय टोलीको घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीमा केही नयाँ खेलाडीको समेत समावेश गरिएको छ।
टोलीमा नन्दन यादव, शाहव आलम र रिजन ढकाल पहिलोपटक स्थान बनाउन सफल भएका छन्। यता सन्दीप लामिछाने, अनिलकुमार शाह र आरिफ शेख भने यो सिरिजबाट बाहिरिएका छन्।
नेपालले सिरिज अन्तर्गत पहिलो खेल अप्रिल ९ मा कतारसँग, दोस्रो अप्रिल १० मा कुवेतसँग र तेस्रो अप्रिल १२ मा आयोजक हङकङसँग खेल्नेछ। अप्रिल १३ मा शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ।
घोषित नेपाली टोलीः
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, शाहव आलम, नन्दन यादव, रिजन ढकाल, गुल्सन झा।