तीनकुनेमा कार्यक्रम गर्न नदिन सरकारलाई संसदीय समितिकाे निर्देशन

तीनकुनेमा कार्यक्रम गर्न नदिन सरकारलाई संसदीय समितिकाे निर्देशन

काठमाडौं। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको संवेदनशील क्षेत्र तीनकुनेमा अबदेखि कुनै पनि सभा, प्रदर्शन वा कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ।

शुक्रबार बसेको समितिको बैठकमा सांसदहरूले विमानस्थल, सञ्चार गृह र पेट्रोल पम्पजस्ता महत्वपूर्ण संरचना रहेको क्षेत्रमा प्रदर्शन वा सभा हुनु सुरक्षा दृष्टिकोणले संवेदनशील भएको भन्दै आपत्ति जनाएका थिए। समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई तीनकुनेमा कार्यक्रम नदिने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले विगतमा तीनकुनेमा केही कार्यक्रमको अनुमति दिइएको भए पनि अबदेखि यस्ता अनुमति नदिइने स्पष्ट पारे।