भारतमा सांसदको तलबमा २४% ले वृद्धि, अब मासिक २ लाख भन्दा बढी

भारतमा सांसदको तलबमा २४% ले वृद्धि, अब मासिक २ लाख भन्दा बढी

नयाँदिल्ली: भारतीय सरकारले सांसदहरूको तलबमा २४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ। संसदीय मामिला मन्त्रालयले सोमबार जारी गरेको सूचनाअनुसार अब प्रत्येक सांसदले मासिक १ लाख २४ हजार भारतीय रुपैयाँ (झण्डै १ लाख ९८ हजार नेपाली रूपैयाँ) तलब पाउने भएका छन्। यो नयाँ दर आगामी अप्रिल १ देखि लागू हुनेछ।

सांसदहरूलाई दिइने दैनिक भत्तामा पनि वृद्धि गरिएको छ। अब सांसदहरूले प्रतिदिन २ हजारदेखि २५०० भारतीय रूपैयाँसम्म भत्ता पाउनेछन्। यससँगै, सांसदहरूको मासिक आम्दानी २ लाख नेपाली रूपैयाँभन्दा बढी पुग्नेछ।

पूर्व सांसदहरूको पेन्सनमा पनि संशोधन गरिएको छ। अब तिनीहरूको मासिक पेन्सन २५ सयबाट बढाएर ३१ सय भारतीय रूपैयाँ पुर्‍याइएको छ। त्यस्तै, पाँच वर्षभन्दा बढी सेवा गरेका पूर्व सांसदहरूलाई प्रत्येक अतिरिक्त वर्षका लागि २५०० भारतीय रूपैयाँ निवृत्तिभरण प्रदान गरिनेछ, जुन पहिले २ हजार रूपैयाँ मात्र थियो।