

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैँछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछन् ।
संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेबाट सुरू हुनेछ भने राष्ट्रियसभाको बैठक अपरान्ह १ः१५ बजेबाट सञ्चालन हुनेछ । आजको बैठकमा सभामुख देबराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त बिधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।
राष्ट्रियसभामा उत्पति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय बिधेयक, २०८१’को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिनेछ । गृह मन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल बिधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ माथीको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । र, उक्त बिधेयक माथी प्राप्त संशाेधनहरूलाई निर्णायार्थ प्रस्तुत गरिनेछ ।
साथै, सो बिधेयक आजै पारित गर्ने योजना रहेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।