

काठमाडौं । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज साँझ बस्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय स्रोतका अनुसार बैठक साँझ ५:३० बजे बालुवाटारमा बस्ने तय भएको छ। बैठकमा सत्ता साझेदार दलहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल हुने अनुमान गरिएको छ।