काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार २९०० अंक पार गरे पनि टिक्न सकेन। कारोबार सुरु भएको ४ मिनेटमै बजार २९२९ अंक पुग्दा लगानीकर्तामा उत्साह देखिए पनि त्यसपछि केही उतारचढाव आयो। दिउँसो १:०६ बजेपछि बजारले २९०० अंकको विन्दु पुनः छुन सकेन।
अन्ततः बजार अघिल्लो दिनको तुलनामा १३.६१ अंकले घट्दै २८७६ अंकमा कायम भयो। फागुन १ पछि लगातार बढ्दै आएको बजारमा पहिलो पटक करेक्सन देखिएको हो।
कारोबार रकम सामान्य वृद्धि
बजार घटे पनि कारोबार रकम भने सामान्य रूपमा बढेको छ। अघिल्लो दिन १४ अर्ब २५ करोड को कारोबार भएकोमा सोमबार १४ अर्ब २८ करोड पुगेको छ।