प्रधानमन्त्री ओलीको व्यस्त दौडधुप: उद्घाटन, निर्देशन र छलफलमै केन्द्रित

प्रधानमन्त्री ओलीको व्यस्त दौडधुप: उद्घाटन, निर्देशन र छलफलमै केन्द्रित

-आकांक्षा धामी-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय लगातार विभिन्न कार्यक्रम, उद्घाटन र बैठकमा सहभागी भइरहेका छन्। पछिल्लो एक हप्तामा उनले विभिन्न सार्वजनिक कार्यक्रम, सरकारी योजना र नीति निर्माणसम्बन्धी छलफलमा सक्रियता देखाएका छन्।

साताव्यापी गतिविधि:

माघ २१:

  • काठमाडौंमा आयोजित युवाहरूसँगको अन्तरक्रियामा सहभागी।
  • आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनुपर्ने धारणा।

माघ २२:

  • विश्व क्यान्सर दिवसको अवसरमा पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ।
  • “निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक” भन्ने संदेश।

माघ २३:

  • काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको प्रगतिबारे ब्रिफिङ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्री, प्रधानसेनापति र उच्च अधिकारीहरूसँग छलफल।

माघ २५:

  • सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भर्चुअल बैठक।
  • “समस्यालाई पहिचान गरेर समाधानका लागि एक्सनमा जानुपर्छ” भन्ने निर्देशन।

माघ २६:

  • नेपाल प्रहरीको ‘द ब्लु प्याभिलियन’ भवन उद्घाटन।
  • प्रहरीलाई निष्पक्षरूपमा काम गर्न र कुनै दबाबमा नपर्न आग्रह।

माघ २७:

  • मन्त्रिपरिषद् बैठक।
  • प्रजातन्त्र दिवस मनाउन सरकारको नेतृत्वमा समिति गठन।

माघ २९:

  • उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद् बैठक।
  • रुग्ण उद्योग पुनः सञ्चालन गर्न निजी क्षेत्रलाई ठोस प्रस्ताव ल्याउन आग्रह।

माघ ३०:

  • नेपाल निजामती कर्मचारी संगठनको १२औं महाधिवेशन उद्घाटन।
  • निजामती कर्मचारीलाई निष्पक्ष, छिटो र प्रभावकारी सेवा दिन निर्देशन।

फागुन १:

  • मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न मन्त्रालयहरूसँग ब्रिफिङ।
  • कालोबजारी रोक्न तथा मल आपूर्ति र वितरणलाई छिटोछरितो बनाउन निर्देशन।

फागुन २:

  • नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपसँग छलफल।
  • पूर्वाधार, स्मार्ट सिटी, ऊर्जा, पर्यटन, एक्सप्रेस-वे लगायतका क्षेत्रमा लगानी विस्तारका सम्भावनाबारे छलफल।

प्रधानमन्त्री ओलीको पछिल्लो हप्ता उद्घाटन, नीति निर्माण, विकास परियोजनाको अनुगमन, स्वास्थ्य तथा शिक्षा अभियान, प्रशासनिक सुधार र लगानी विस्तार जस्ता विषयमा केन्द्रित रह्यो।