सीपीएलमा सेन्ट किट्सको पहिलो जित, सन्दिपले लिए एक विकेट

सीपीएलमा सेन्ट किट्सको पहिलो जित, सन्दिपले लिए एक विकेट

एजेन्सी, २७ साउन । क्यारेवियन प्रिमियर लिग सीपीएलमा नेपाली युवा स्पिनर सन्दिप लामिछानेको टोली सेन्ट किट्स एण्डनेभिस प्याट्रियट्सले पहिलो जित हासिल गरेको छ । नेपालका युवा स्पिनर लामिछानेले आफ्नो दोस्रो खेलमा पनि विकेट लिएका छन्।

सन्दीपसँगै अन्य बलरको उत्कृष्ट बलरको उत्कृष्ट बलिङसँगै सेन्ट केन्ट्स एन्ड नेभिस प्याट्रिओट्सले ट्रिन्बागो नाइट राइडर्सलाई ४२ रनले पराजित गरेको छ। सेन्ट केन्ट्सको यो पहिलो जित हो।

सन्दीपले आज विहान सकिएको खेलमा सेन्ट केन्ट्स एन्ड नेभिस प्याट्रिओट्सका लागि १ विकेट लिन सफल भए। उनले ३ ओभर बलिङ गर्दा सन्दीपले १७ रन खर्चिए भने १ मेडन राख्न सफल भए। उनले ट्रिन्बागोका ओपनर क्रिस लियोनलाई ६ रनमा बोल्ड गरेका थिए। चौथो ओभरमा बलिङ पाएका उनले सो ओभर मेडन गरेका थिए।

खेलमा सन्दीपको सेन्ट केन्ट्सले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २ सय ३ रन जोड्यो। उसका लागि डेभोन थोमसले ३४ बलमा ५८ रन, कार्लोस बाथवेटले १५ बलमा ४१ रन  र कप्तान क्रिस गेलले ३० रन दिए। बलिङमा ट्रिन्बागोका अदिल खानले ३ र सुनील नारिनले २ विकेट लिए।

टस हारेर पहिले ब्याटिंग गरेको सेन्ट किट्सले निर्धारित ओभरमा ७ विकेट गुमाएर २०३ रनको योगफल बनाएको थियो । उसका लागि डेभोन थोमसले सर्बाधिक ५८ रन बनाए ।

त्यस्तै कप्तान तथा ओपनर क्रिश गोलले ३५ रन बनाउँदा दशौं नम्बरमा आएर कार्लोस ब्रेथवेइटेले १५ बलमा ४१ रन प्रहार गरे । जसमा १ चौका र ५ छक्का सामेल थियो । सेन्टस किट्सका लागि बेन कटिंगले पनि अविजित २५ रन बनाए ।

२०४ रनको लक्ष्य पछ्याएको ट्रिनबागोले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६१ रनमात्र बनाउन सक्यो र सेन्ट किट्सको ४२ रनको जित समभव भयो । उसका लागि कोलिन मुनरोले ३५, डरेन ब्राभोले ४१ र केभिन कुपरले अविजित ४२ रन बनाउनुबाहेक अन्यले गतिलो साथ दिन सकेनन् ।