

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पूर्वाग्रही ढंगले सरकारले राजदूत फिर्ता गर्ने निर्णय गरेको बताएका छन् । मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले बिभिन्न देशमा नियुक्त भएका केहि राजदूतहरुले देशको हितको पक्षका निकै राम्रा कामगरेपनि सरकारले उनीहरुलाई पूर्वाग्रही ढंगले फिर्ता बोलाउने निर्णय गरेको बताए ।
अत्यन्त व्यवसायीक हैसियत राख्ने राजदूतहरुलाई फिर्ता बोलाउनु उचित नभएको उहाको भनाइ छ । उहाले देशका लागि नभएर आफ्ना लागि काम गर्ने मान्छेलाई राजदूतका नियुक्त गर्न खोजेको आरोप लगाए । प्रवक्ता महतले फजुल खर्चमा बजेट बिनियोजन भएको भन्दै कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे ।