सानै उमेरमा निर्देशनमा सक्रिय सुजनको ‘हेर्दा हेर्दै आकाशमा’ सार्वजनिक

सानै उमेरमा निर्देशनमा सक्रिय सुजनको ‘हेर्दा हेर्दै आकाशमा’ सार्वजनिक

काठमाडौं । रुपन्देहीको बुटवल स्थायी घर भएका सुजन राना मगर अहिले २० बर्षका भए । पाल्पाको जल्पामा जन्मिएका सुजन अहिले काठमाडौंमा अध्ययन गरिरहेका छन् । अध्ययनसंगै उनी विभिन्न म्युजिक भिडियो निर्देशन पनि गर्दै आएका छन् ।

आमा बुबा संगै बस्दै आएका सुजनले केही समय यता गीतको म्युजिक भिडियो निर्देशनमा त्यत्तिकै सक्रिय छन् । उनका आमा बुबाले पनि कलाकारितामा लोकप्रिय छवि स्थापित गराइसकेका छन्।

सुजन लोकप्रिय गायिका जमुना राना र एरेन्जर कुमार थापाका छोरा हुन् । ऊनीहरुको काठमाडौंको अनामनगरमा स्थायी डिजिटल रेकर्डिङ स्टुडियो पनि संचालन गरिरहेका छन् । आमा बुबासंगै सुजन पनि कलाकारितामै केही गर्ने सोचले निर्देशनमा होमिएका छन् ।

‘मम्मी पापाले कलाकारितामा राम्रो गर्नु भयो। उहाँहरुकै सफलतामा मलाइ पनि यो क्षेत्रमा केही काम गर्नु पर्छ भन्ने लागेर मैले सुरुवात गरेको हुँ। हेरौं कत्तिको गर्न सक्छु,’ सुजनले भने। सुजनले यसअघि ‘गाजलु टिकी’ (कभर गीत)को निर्देशन गरेका थिए। यस्तै, उनले भरखरै निर्देशन गरेको ‘हेर्दा हेर्दै आकाशमा’ बोलको गीत सार्वजनिक भएको छ। विशाल रानाभाटको आवाजमा रहेको उक्त गीतको भिडियोलाई सुजनले निर्देशन गरेका हुन्। सुनिल कुमार शर्माको शब्द रहेको गीतमा संगीत पवन रानाभाटले गरेको हुन्।

भारतको राजधानी नयाँ दिल्लीमा छायांकन गरिएको उक्त भिडियोमा दिपक जिसी, रिया परियार र विवेक शर्माले अभिनय गरेका छन्। उक्त गीत देउराली फ्लुट युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको छ। यस्तै केही दिनपछि सुजनले निर्देशन गरेको ‘ डाडैकि साईली’ पनि सार्वजनिक हुँदैछ। त्यस गीत राम परियारको स्वर र संगीत तथा सुर्यकुमार परियारको शब्द रहेको छ। गीतमा आर्यन क्षेत्री र रुपा श्रेष्ठको अभिनय रहेको छ। उक्त गीत राम परियार युट्युब च्यानलबाट सार्वजनिक हुँदैछ।