

काठमाडौं । आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत सातौं स्थानको प्ले–अफमा नेपाल नेदरल्यान्ड्ससंग ४५ रनले पराजित भयो । आजको खेल परिणामसंगै नेपालले प्रतियोगितामा आठौं स्थान बनाएको छ । नेदरल्यान्ड्ससँगको नतिजापछि नेपाल विश्व वरियतामा १६ औं स्थानमा रहने छ।
टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ८९ रन जोड्यो। सोमपाल कामीले चार तथा ललित राजबंशी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए।
नेपालले ४४ ओभर ४ बलमा सबै विकेट गुमाएर १४४ रन जोड्यो। नेपालका सोमपाल कामीले ३६, दीपेन्द्रसिंह एेरीले २५, कप्तान पारस खड्का २२, आरिफ शेख पाँच,अनिल शाह ८, ज्ञानेन्द्र मल्ल चार र रोहित पौडेल शुन्यमा आउट भए। पछिल्लोक्रमका सोमपाल कामीले र करन केसीले १३ रन बनाए। सन्दीप लामिछानेले अविजित १४ रन बनाए।