पोखरा महानगरपालिकामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु

पोखरा महानगरपालिकामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु

पोखरा। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार चारै जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुने चारै जना पोखरा महानगरपालिकाका रहेका छन् । जसमा पोखरा महानगर-९ का ६८ बर्षिय पुरुषको गएराती ११ बजे, पोखरा-२१ का ७५ बर्षिय पुरुषको गएराति ११:२० बजे, पोखरा-१७ का २९ बर्षिय पुरुषको गएराती साढे १२ बजे र पोखरा-१३ का ५५ बर्षिय पुरुषको आज बिहान ४:१५ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३५ पुगेको छ ।