

काठमाडौँ, २१ श्रावण।नेपालमा थप तीन सय ८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा रहेको प्रयोगशालामा भएको परिक्षणका क्रममा थप तीन सय ८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको स्वासथ्य मन्त्रालय प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो । सङ्क्रमितको कुल सङ्ख्या २१ हजार तीन सय ९० पुगेको उहाले बताउनुभयो । संक्रमितहरुमा काठमाडौंका ६२ जना पनि रहेका छन् । बुधबार एक सय ३० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १५ हजार एक सय ५६ पुगेको छ ।
साथै पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।
अहिले ६ हजार एक सय ७४ जना आइसोलेसनमा छन् भने नौ हजार नौ सय २५ जना क्वरेण्टीनमा छन् । अहिलेसम्म चार लाख १२ हजार नौ सय ५३ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको छ ।