लकडाउन खुलेसँगै कोरोना संक्रमण तीव्र रुपमा फैलिने जोखिम

लकडाउन खुलेसँगै कोरोना संक्रमण तीव्र रुपमा फैलिने जोखिम

काठमाडौँ, १२ साउन।लकडाउन खुलेसँगै चहलपहल बढ्दा कोरोना भाइरसको संक्रमण थप तीव्र रुपमा फैलिने जोखिम बढेको छ ।

सरकारले संक्रमण दर कम भएको र सावधानी अपनाउनुपर्ने भन्दै चैत ११ देखि लागु भएको लकडाउन साउन ७ गते हटाएको थियो । लकडाउन हटेपछि शहरमा सवारी तथा मानिसको चाप एवम् चहलपहल बढेको छ । चहलपहल बढेसंगै कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । काठमाडौं उपत्यकामा दिनहुँ संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो समय समुदायमा फाट्टफुट्ट संक्रमण देखिँदै गर्दा सरकार समयमै सचेत हुन नसके यसले खतरा निम्त्याउन सक्ने स्वास्थ्यबिज्ञहरुले चेतावनी दिएको छ ।

त्यस्तै पीसीआर परीक्षण गर्ने क्षमता पनि बढाउनुपर्ने र समूदायमा परिक्षण गर्नुपर्ने आवाज पनि उठेको छ । सरकारले भने लक्षण भएका, संक्रमितको सम्पर्कमा आएका, संक्रमण फैलिएको ठाउँबाट आएका र चिकित्सकले सिफारिस गरेका व्यक्तिलाई मात्र पीसीआर परीक्षण गरिने बताएको छ ।