

काठमाडौँ, २ चैत । आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि विशेष तयारी गर्न नेपाली यू-१९ क्रिकेट टोली भारत प्रस्थान गरेका छन् ।
मलेसियामा आयोजना हुने एसिया छनोटको तयारी गर्न १८ सदस्सीय नेपाली टोली शनिबार भारतको आन्ध्र प्रदेश प्रस्थान गरेको हो । नेपाली टोलीले भारतमा अभ्यास र मैत्रीपूर्ण खेलहरु खेल्नेछन् । नेपालले आन्ध्र प्रदेशको यू-१९ टोलीसंग ४ अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । नेपालली टोली रोहित पौडेलको कप्तानीमा भारत भ्रमणमा निस्किएका छन् ।
यसअघि यू–१९ का कप्तान आसिफ शेखको स्थानमा रोहितलाई कप्तान चयन गर्दै १८ सदस्यीय टोलीको घोषणा गरिएको प्रशिक्षक विनोद दासले जानकारी दिनुभयो । अठार सदस्यीय नेपाली टोलीमा कप्तान रोहितसँगै आशिफ सेख, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, रवीकुमार साह, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल, अभिशेक बस्नेत, हरिबहादुर चौहान, प्रतिश जिसी, आकाश चन्द, सूर्य तामाङ, लोकेश बम र शेर मल्ल छन् ।
नेपाली टोली वल्डकप क्वालिफायरको तयारीका लागि भारत जाने र त्यसपछि १४ सदस्यीय अन्तिम टोली घोषणा हुने प्रशिक्षक दासले जानकारी दिनुभयो । ५२ खेलाडीबाट १८ खेलाडी छानिएका हुन् । यू–१९ वल्डकपको एसियन क्वालिफायरका खेल आगामी अप्रिल १० देखि २० सम्म मलेसियामा हुँदैछ ।
मलेसिया जानुअघि नेपालले भारतमा समेत अभ्यास खेलहरु खेल्नेछ । अभ्यास खेलका लागि आजै नेपाली टोली भारत गएको छ । नेपाली टोलीमा फिजियो विनोद न्यौपाने र एनालिस्ट सुरज रत्न शाक्य पनि भारत गएका छ्न । भारतमा नेपाली टोलीलाई ब्याटिङ कन्सलटेन्टमा अपूर्व देसाई र ट्रेनरका रुपमा सुवास पात्रोले सहयोग गर्ने प्रशिक्षक दासले जानकारी दिनुभयो । नेपालले भारतमा रहँदा आन्द्र प्रदेश क्रिकेट टोलीसँग चारवटा अध्यास खेल खेल्नेछ ।
नेपाली टोली :
रोहित कुमार पौडेल (कप्तान)
आसिफ शेख
पवन सर्राफ
सन्दीप जोरा
रभी कुमार साह
रित गौतम
कमल सिंह ऐरी
राशिद खान
सागर ढकाल
अभिषेक बस्नेत
कुशल मल्ल
हरि चौहान
प्रतिष जिसी
सुर्य तामाङ
आकाश चन्द
लोकेश बम
शेर मल्ल