

काठमाडौं । दशैंको उत्सवसँगै म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानले उपभोक्तालाई आकर्षक पुरस्कार प्रदान गर्ने क्रम जारी राखेको छ। अभियानअन्तर्गत हालसम्म पाँच जना भाग्यशाली उपभोक्ताले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन्। अभियानको मुख्य आकर्षणका रूपमा रहेको प्रोटोन कारको बम्पर पुरस्कार विजेता भने घोषणा हुन बाँकी छ।
अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलका विजेता बनेका छन्। म्याक्स टाइगर इनर्जी ड्रिंकको एक क्यान खरिदसँगै पुरस्कार जित्ने अवसर पाएका उनीहरूका लागि यो जित दशैंको विशेष खुसी बनेको छ।
जीवनमै पहिलोपटक यति ठूलो पुरस्कार जितेका ठोकरका लागि यो अनुभव अझ स्मरणीय बनेको छ। सामान्य रूपमा खरिद गरेको एक क्यान इनर्जी ड्रिंकबाट नयाँ स्कुटर जित्न पाउँदा उनको दशैंको खुसी थपिएको छ।

यसअघि बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका थिए। त्यस्तै, सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका थिए। पछिल्ला दुई विजेता थपिएसँगै मोटरसाइकल जित्नेको संख्या तीन र स्कुटर जित्नेको संख्या दुई पुगेको छ।
कम्पनीका अनुसार ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन्। साथै, एक जना भाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्न सक्नेछन्।
हालसम्म पाँच जना विजेता घोषणा भइसकेका छन्। अभियानमा अझै ३१ वटा स्कुटर तथा मोटरसाइकल र एउटा प्रोटोन कार पुरस्कारका रूपमा बाँकी छन्। त्यसैले आगामी विजेता को बन्नेछन् भन्ने उत्सुकता पनि बढ्दै गएको छ।
बनेपादेखि बुटवल, धादिङदेखि धनगढी र सुर्खेतसम्मका उपभोक्तालाई समेटेको यस अभियानले दशैंको उत्सवमा थप उत्साह भरेको कम्पनीले जनाएको छ। एकपछि अर्को विजेता सार्वजनिक भइरहँदा अभियानप्रति उपभोक्ताको आकर्षणसमेत बढ्दै गएको कम्पनीको भनाइ छ।
दशैंको उमङ्गलाई ऊर्जा र आकर्षक पुरस्कारसँग जोड्ने उद्देश्यले सुरु गरिएको अभियानले उपभोक्तालाई चाडपर्व मनाउने थप अवसर प्रदान गरिरहेको छ। स्कुटर र मोटरसाइकलका आगामी विजेतासँगै सबैको प्रतीक्षामा रहेको प्रोटोन कारको बम्पर पुरस्कारले अभियानलाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
‘हरेक क्यानमा ऊर्जा, हरेक जितमा नयाँ उत्साह’ भन्ने नारासहित अघि बढिरहेको म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानले दशैंलाई पुरस्कार, खुसी र नयाँ अनुभवसँग जोड्ने प्रयास गरेको छ।