

काठमाडौँ । मनाङको हिम्लुङ हिमाल बेसक्याम्पमा गएको हिमपहिरोमा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ। मृतकको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। हिमाल आरोहणका लागि गएकामध्ये करिब १२ जना बेपत्ता भएको आशंका गरिएको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
आइतबार नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको थियो। हिमपहिरोपछि उद्धारका लागि काठमाडौँबाट हेलिकोप्टरसमेत पठाइएको थियो। प्रहरीका अनुसार हिमपहिरोमा परेकाहरूको अवस्था तथा थप क्षतिको विवरण संकलन गर्ने र बेपत्ताको खोजी कार्य जारी राखिएको छ।