एक अर्ब बढीको हुण्डी कारोबार गर्ने व्यक्ति पक्राउ

एक अर्ब बढीको हुण्डी कारोबार गर्ने व्यक्ति पक्राउ

काठमाडौं । एक अर्बभन्दा बढी हुण्डी कारोबार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउन गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले शाही मनि ट्रान्सफरसहित विभिन्न वाणिज्य बैंकका खाताबाट शंकास्पद कारोबार गरेको देखिएपछि प्रहरीले ज्योती शाहीलाई पक्राउ गरेको हो ।

उनलाई सुनसरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । विभिन्न बैंकको ५२ खाताबाट  उनले एक अर्ब तीन करोड ८४ लाख ७५ हजार ८४५ बराबरको कारोबार गरेको खुलेको छ । उनलाई हुण्डी कारोबार गर्न नहुने कसुरअन्तर्गत कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।