आज २४ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

आज २४ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । बिहीबार बिहानको मापनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

यद्यपि वर्षा जारी रहेकाले यी नदी तथा खोलामा बहाव बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, ताप्लेजुङ, संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र अछाम तथा आसपासका जिल्लाबाट बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। नदी तथा खोलानाला आसपासका बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ।