

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहलाई विपद्को समयमा ‘एक्लै काफी छु’ भन्ने मानसिकता नराख्न आग्रह गरेको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले ठूलो विपद्को सामना सरकार एक्लैले गर्न नसक्ने बताउँदै सबै पक्षसँग आवश्यक समन्वय गर्न प्रधानमन्त्रीलाई आग्रह गरिन्।
‘यो विपत्तिको बेलामा एक्लै काफी छु भन्ने घमन्ड नगर्नुस्। देश र जनताको माया तपाईँलाई बढी, हामीलाई कम भन्ने हुन सक्दैन। काम नै भएन भन्ने खोजेको होइन, अझ बेसी गर्न सकिन्थ्यो,’ उनले भनिन्।
विपद्का बेला सरकारले आवश्यक छलफल तथा समन्वय नगरेका कारण क्षति अझ बढेको उनको आरोप छ। ठूलो विपद्को अवस्थामा आवश्यकता परे अन्य मुलुक तथा अन्तर्राष्ट्रिय समुदायसँग सहयोग लिन सरकार हिचकिचाउन नहुने उनले बताइन्।
अर्यालले उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सरकार, राजनीतिक दल, नागरिक समाज तथा सबै सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेकोमा जोड दिइन्।