सुरुङमा सम्पर्कविहीनको खोजीमा तीन देशका विशेषज्ञ टोली परिचालन : प्रधानमन्त्री शाह

सुरुङमा सम्पर्कविहीनको खोजीमा तीन देशका विशेषज्ञ टोली परिचालन : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा सम्पर्कविहीन कर्मचारी तथा मजदुरको खोजीका लागि तीन देशका विशेषज्ञ टोली परिचालन गरिएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोली सुरुङ उद्धारमा परिचालन भइरहेको बताए।

‘सुरुङमा सम्पर्कविहीन भएका मानिसको खोजीका लागि भारतीय, चिनियाँ र कोरियन टोली परिचालन भइरहेको छ,’ प्रधानमन्त्री शाहले भने।

उनका अनुसार भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। क्षतिग्रस्त केही आयोजना पुनः सञ्चालनमा ल्याउन ठूलो रकम खर्च हुने अवस्था देखिएको उनले बताए। प्रधानमन्त्री शाहले सुरुङमा सम्पर्कविहीन रहेका व्यक्तिको खोजी तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए।