जापानमा ५.९ म्याग्निच्युडको भूकम्प

जापानमा ५.९ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार इबाराकी प्रिफेक्चरको दक्षिणी क्षेत्रमा करिब ७० किलोमिटर गहिराइमा भूकम्प गएको हो।

भूकम्पको धक्का टोकियोसहित आसपासका क्षेत्रमा महसुस गरिएको थियो। जापान मौसम विज्ञान एजेन्सीका अनुसार केही क्षेत्रमा अधिकतम ५ कमजोर स्तरको कम्पन मापन भएको छ।

भूकम्पका कारण इबाराकी, चिबा र साइतामामा केही मानिस घाइते भएको तथा रेल सेवामा ढिलाइ भएको जनाइएको छ। टोकियोको एक क्षेत्रमा पानीको पाइप फुटेको र केही घरमा विद्युत् आपूर्ति प्रभावित भएको बताइएको छ।

भूकम्पपछि सुनामीको जोखिम नरहेको अधिकारीहरूले बताएका छन्। जापानका आणविक ऊर्जा केन्द्रहरूमा पनि कुनै असामान्य अवस्था नदेखिएको जनाइएको छ।