सुदूरपश्चिमका रास्वपा सांसदसँग प्रधानमन्त्रीको छलफल

सुदूरपश्चिमका रास्वपा सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान ११ बजेदेखि जारी छलफल समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा रास्वपाका सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन्।प्रधानमन्त्री सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक अवस्था तथा अन्य साझा चासोका विषयमा विचारविमर्श भइरहेको छ।