डेढ महिनापछि संसद्मा पुगे प्रधानमन्त्री बालेन, २० मिनेट बसेर निस्किए

डेढ महिनापछि संसद्मा पुगे प्रधानमन्त्री बालेन, २० मिनेट बसेर निस्किए

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) करिब डेढ महिनापछि प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन्।

मंगलबार बिहान ११ बजे सुरु भएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाह दिउँसो करिब पौने २ बजे संसद् भवन पुगेका हुन्।

यसअघि उनी जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा सहभागी भएका थिए। त्यसबेला सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा उनले ‘नेपालले पनि भारतको जमिन मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै प्रधानमन्त्री शाहले संसद्मा उपस्थित भएर त्यसबारे स्पष्टिकरण दिनुपर्ने माग गर्दै आएका थिए। तर त्यसयता उनी संसद् बैठकमा सहभागी भएका थिएनन्।

लामो अन्तरालपछि मंगलबार प्रधानमन्त्री शाह प्रतिनिधिसभा बैठकमा उपस्थित भएका हुन्। उनी करिब २० मिनेट बसेर निस्किए ।