नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन ३ गतेसम्म बढायो

नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन ३ गतेसम्म बढायो

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको समय फेरि थप गरेको छ।

पार्टीका महामन्त्री प्रदीप पौडेलले नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन ३ गतेसम्म बढाउने निर्णय गरिएको जानकारी दिए। ‘कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको छ,’ पौडेलले भने।

यसअघि पार्टीले नयाँ क्रियाशील सदस्यता वितरणको अन्तिम मिति असार २० गते तोकेको थियो।

कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरेको जनाएको छ। तर, सदस्यता अध्यावधिक (नवीकरण) गर्न भने केन्द्रीय कार्यालयमै उपस्थित हुनुपर्ने सदस्यता व्यवस्थापन समितिका संयोजकसमेत रहेका पौडेलले बताए।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज महिनामा गर्ने तयारी छ। महाधिवेशनको तयारीस्वरूप पार्टीले हाल सदस्यता वितरण र अध्यावधिकको कामलाई तीव्रता दिएको छ।