चितवन । प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन बीचमै छाडेर बुधबार बिहान काठमाडौं फर्किएका छन्। केन्द्रीय सदस्य पदका लागि मतदानको तयारी भइरहेका बेला उनी बुद्ध एयरको उडानमार्फत काठमाडौं प्रस्थान गरेका हुन्।
बालेन आइतबार (असार ७) पत्नी र छोरीसहित चितवन पुगेका थिए। उनले महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता जनाएका थिए भने मंगलबार सभापति पदमा रवि लामिछानेलाई पुनः समर्थन गर्दै प्रस्तावकसमेत बसेका थिए। सभापति पदमा अन्य कुनै उम्मेदवारी नपरेपछि रवि लामिछाने मंगलबार नै निर्विरोध सभापतिमा निर्वाचित भएका छन्।