सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विष्णु पौडेल विशेष अदालतमा उपस्थित

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विष्णु पौडेल विशेष अदालतमा उपस्थित

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति माग्दै अदालत लगिएको हो।

पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याइएको थियो। मंगलबार राजधानी ल्याइएपछि उनलाई ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा राखिएको थियो।

अनुसन्धानका क्रममा सोमबार पक्राउ गर्नुअघि विभागको टोलीले ललितपुरको भैँसेपाटीस्थित पौडेलको निवासमा समेत खानतलासी गरेको थियो। सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान अघि बढाइरहेको विभागले अदालतबाट म्याद थप अनुमति लिएपछि थप छानबिन प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।