

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा औपचारिक रूपमा सुरु भएको छ।
महाधिवेशनको उद्घाटन सत्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन्। उद्घाटन समारोहमा रास्वपा सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, शुभेच्छुक तथा पार्टी कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ।
तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनले पार्टीको भावी नेतृत्व चयन गर्नुका साथै संगठनात्मक र नीतिगत विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
महाधिवेशनअघि रास्वपाले आफ्नो विधान संशोधन गरिसकेको छ। संशोधित विधानअनुसार अब पार्टीमा १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था गरिएको छ।
रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै आगामी राजनीतिक कार्यदिशा र संगठन विस्तारको रणनीति तय गर्ने जनाएको छ।