आज प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिदै

आज प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

संसद् सचिवालयका अनुसार बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट शीर्षकमाथि भएको छलफलका क्रममा उठेका जिज्ञासा र प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

त्यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला र सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका बजेट शीर्षकमाथिको छलफलमा उठेका विषयमा पनि सम्बन्धित मन्त्रीहरूले स्पष्टीकरण र जवाफ प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत बजेटमाथिको छलफल जारी रहेकाले आजको बैठकमा मन्त्रीहरूको जवाफपछि सम्बन्धित शीर्षकहरूमाथिको संसदीय प्रक्रिया थप अघि बढ्नेछ।