अमेरिका-इरान शान्ति सम्झौताको मस्यौदा तयार भएको पाकिस्तानको दाबी

अमेरिका-इरान शान्ति सम्झौताको मस्यौदा तयार भएको पाकिस्तानको दाबी

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरानबीच शान्ति सम्झौतासम्बन्धी अन्तिम तथा आपसी सहमतिमा आधारित मस्यौदा तयार भएको जानकारी दिएका छन्।

शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै उनले सघन मध्यस्थताका प्रयासपछि दुवै पक्ष सम्झौताको अन्तिम चरणमा पुगेको बताएका हुन्। प्रधानमन्त्री शरीफका अनुसार पाकिस्तानले अब सम्झौताको आगामी प्रक्रिया टुंग्याउन दुवै पक्षसँग निकट समन्वयमा काम गरिरहेको छ।

अमेरिका र इरानबीच लामो समयदेखि जारी तनाव कम गर्न पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको बताइएको छ। पछिल्लो प्रगति क्षेत्रीय तथा विश्व शान्तिका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। सम्झौताको विस्तृत विवरण र कार्यान्वयनका चरणबारे भने औपचारिक जानकारी आउन बाँकी रहेको छ।