

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ।
निर्वाचन समिति संयोजक सुमित्रा पण्डितका अनुसार हाललाई सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित गरिएको हो।
मतदाता नामावलीमा देखिएको विवादका कारण प्रक्रिया अघि बढाउन नसकिएको जनाइएको छ। विवाद समाधानपछि २४ घण्टाभित्र नयाँ सूचना जारी गरिने संयोजक पण्डितले जानकारी दिइन्।
निर्वाचन स्थगित भएपछि अधिवेशन स्थल सुनसान बनेको छ।