

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ शपथ ग्रहणपछि आफैं सवारी साधन चलाएर सिंहदरबारतर्फ गएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल बाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै गुरुङ राष्ट्रपति निवासबाट आफैं गाडी चलाउँदै सिंहदरबार पुगेका हुन्।
शपथपछि पदभार सम्हाल्ने क्रममा उनले सामान्य प्रोटोकलभन्दा फरक शैली अपनाउँदै आफैं सवारी चलाएर कार्यालयतर्फ गएको दृश्य सार्वजनिक भएको छ।