स्वतन्त्र सांसद महावीर पुन फेरि मन्त्री बन्दै

स्वतन्त्र सांसद महावीर पुन फेरि मन्त्री बन्दै

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन फेरि मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।

प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पुन मन्त्री बन्न लागेको पुष्टि गरेकी छन्। उनका अनुसार पुन आजै मन्त्री नियुक्त हुने तयारी छ। दाहालले भनिन्, “उहाँ आज विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बन्दै हुनुहुन्छ।”

यसअघि सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा पनि पुन शिक्षामन्त्री रहेका थिए। पछि उनले राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।उक्त निर्वाचनमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेको थियो।

पुनको पुनः नियुक्तिसँगै विज्ञान तथा प्रविधि क्षेत्रका नीति तथा नवप्रवर्तन कार्यक्रमहरूमा सरकारले थप जोड दिने अपेक्षा गरिएको छ।