

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । रास्वपाले ७७ जिल्लामा तदर्थ समिति बनाइसकेको छ । पछिल्लोपटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो ।
तदर्थ समिति बनेपनि गण्डकीका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अधिवेशन नगरिने भएको छ । ती जिल्लामा वडा र पालिकाको समेत अधिवेशन गरिएको थिएन ।
आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ २६ देखि असार १ सम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ । प्रथम महाधिवेशनको मिति असार ७ देखि ९ गतेसम्म चितवनमा हुने समय निर्धारण गरिएको छ ।