लुम्बिनी प्रदेशमा एमालेका ४ मन्त्रीले दिए राजीनामा

लुम्बिनी प्रदेशमा एमालेका ४ मन्त्रीले दिए राजीनामा

घोराही (दाङ) । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मन्त्रीले राजीनामा दिएका छन् । आफूहरूले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए ।

मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेका थिए । तीमध्ये चार जनाले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारु छन् ।