सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि २८ जनाको आवेदन स्वीकृत

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि २८ जनाको आवेदन स्वीकृत

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि आवेदन दिएका २८ जना उम्मेदवारको दरखास्त स्वीकृत गरेको छ। मन्त्रालयले मंगलबार सूचना जारी गर्दै रितपूर्वक प्राप्त आवेदनहरूको प्रारम्भिक जाँचपछि स्वीकृत उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।

मन्त्रालयले गत जेठ ७ गते पहिलोपटक अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो। तर उक्त सूचना भोलिपल्ट रद्द गर्दै जेठ ९ गते पुनः नयाँ सूचना प्रकाशित गरिएको थियो। मन्त्रालयका अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८३ को दफा ४(१) को खण्ड (ख) बमोजिम प्राप्त आवेदनहरूको परीक्षणपछि योग्य उम्मेदवारहरूको सूची प्रकाशन गरिएको हो।

स्वीकृत उम्मेदवारहरूमा अमरध्वज लामा, अच्युतम कुमार पोखरेल, पुनम पौडेल, केदारनाथ कोइराला, डा. मधुसुधन न्यौपाने, आलोक कुमार तिवारी, लक्ष्मण हुमागाई, पुष्करराज गौतम, भुवनप्रसाद आचार्यउत्तर सिंह विष्ट रहेका छन्।

यस्तै मनोहरी थापा, सुरेश शर्मा, चिन्तामणि बराल, बुद्धि बहादुर के.सी., नवराज सापकोटा, रुद्र बहादुर खड्का, तिलक जंग बुढाथोकी, हिक्मत बहादुर रावल, विश्वराज खनालशरदचन्द्र अधिकारी को नाम पनि सूचीमा समावेश छ।

त्यसैगरी सुभाष कुमार साह वियोगी, प्रद्युम्न पौडेल, भेषराज पाण्डे, कुमारी निमा काफ्ले, शिशिर पौडेल, गोविन्द भण्डारी, विवेक रेग्मीधन बहादुर मिजार को आवेदन पनि स्वीकृत भएको मन्त्रालयले जनाएको छ। अब कार्यविधिअनुसार छनोट प्रक्रिया अगाडि बढाइने र योग्य उम्मेदवारमध्येबाट सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्तिका लागि सिफारिस गरिनेछ।