

काठमाडौं । नेपाली कांग्रेस ले करूणा कटुवाल लाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षको जिम्मेवारी दिएको छ। कांग्रेसका सभापति गगन थापा ले कटुवाललाई नेविसंघको अध्यक्ष पदमा नियुक्त गरेको जानकारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले दिएका छन्।
जारी विज्ञप्तिअनुसार कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आबद्ध भ्रातृ संस्था नेविसंघको अध्यक्ष पदमा धनकुटाकी करूणा कटुवाललाई नियुक्त गरिएको हो।
पार्टीले कटुवाललाई तोकिएको समयभित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउने जिम्मेवारीसहित ११ बुँदे कार्यादेश र कार्यविवरण प्रदान गरेको जनाएको छ। नेविसंघको नेतृत्व परिवर्तनसँगै संगठनलाई पुनः सक्रिय बनाउने, सदस्यता व्यवस्थापन, संगठन विस्तार तथा महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी नयाँ नेतृत्वको काँधमा आएको छ।