

काठमाडौँ । रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले भारतमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। नेपाली सम्पर्क मञ्च भारत को आयोजनामा जेठ २१ गते अन्तरक्रिया कार्यक्रम हुने जनाइएको छ। कार्यक्रम दिउँसो ३ बजे भारतको लाजपत नगर मा सुरु हुने बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने जेठ १८ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले भारतीय राजनीतिक नेतृत्व तथा विभिन्न क्षेत्रका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यतालिका रहेको जनाइएको छ।
यसैबीच, भ्रमणका क्रममा नरेन्द्र मोदी, एस. जयशंकर लगायत उच्चस्तरीय व्यक्तित्वसँग भेटवार्ता गर्ने तयारी रहेको बताइएको छ। भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध, प्रवासी नेपाली समुदायसँगको संवाद तथा द्विपक्षीय चासोका विषयमा केन्द्रित महत्वपूर्ण राजनीतिक भेटघाटका रूपमा हेरिएको छ।