काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८१/८२ सम्म सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेका छन्।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार १६ संस्थान नोक्सानीमा छन् भने २ वटा संस्थान बन्द अवस्थामा रहेका छन्। अघिल्लो आर्थिक वर्षमा २८ संस्थान नाफामा, १५ नोक्सानीमा र २ बन्द अवस्थामा थिए।
सर्वेक्षणअनुसार २०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड रुपैयाँ पुगेको छ भने ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ।
सेयर र ऋण गरी सरकारी कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको देखिएको छ।