चोरी र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका प्रेम थारू कारागार चलान

चोरी र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका प्रेम थारू कारागार चलान

काठमाडौं । चोरी तथा सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका प्रेम थारूलाई कारागार चलान गरिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले थारूलाई कारागार पठाउने आदेश दिएको हो। उनीविरुद्ध चोरी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको थियो।

थारूलाई पछिल्लो पटक बौद्ध क्षेत्रको एक घरबाट ६५ तोलाभन्दा बढी सुन चोरी गरेको आरोपमा गत माघमा पक्राउ गरिएको थियो। उनलाई त्यसबेला प्रहरी कारबाहीका क्रममा गोली प्रहार गरी नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानका क्रममा चोरीबाट प्राप्त रकम प्रयोग गरी उनले करिब एक करोड रुपैयाँ मूल्य पर्ने हाइलक्स गाडी चढ्ने तथा बाँकेमा साढे तीन तले घर बनाएको खुलेको प्रहरीले जनाएको छ।

यसअघि पनि उनी विभिन्न चोरीका घटनामा पक्राउ परेर मुद्दा चलिसकेको पाइएको छ।