जगदीश खरेको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, रेकर्डबाट हटाउन माग

जगदीश खरेको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । नेकपाका सांसद रमेश मल्लले रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले खरेलले असंसदीय र अपमानजनक शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका हुन्।

मल्लले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी हुनुपर्ने माग गर्नु “तमासा” भएको हो कि होइन भन्ने प्रश्न गर्दै खरेलको टिप्पणीप्रति आपत्ति जनाए।

उनले भने, “अस्ति भर्खरका घटनाक्रम हामीले बिर्सेका छैनौँ। सभामुखको वेल अगाडि निलो स्काफ लगाएर विरोध गरिरहेको र सदन छाडेर हिँडेको हामीले पनि देखेका थियौँ, त्यो पनि तमासा देखाएकै थियो?”

सांसद मल्लले खरेलले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पनि माग गरेका छन्।