विपक्षीको अवरोधबीच प्रतिनिधिसभा बैठक सञ्चालन, कार्यसूची अघि बढाइयो

विपक्षीको अवरोधबीच प्रतिनिधिसभा बैठक सञ्चालन, कार्यसूची अघि बढाइयो

काठमाडौं । विपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्मा उपस्थित हुनुपर्ने अडान राख्दै विपक्षी दलहरूले निरन्तर विरोध जनाएपछि पनि सभामुखले बैठक अघि बढाएका हुन् ।

विपक्षी सांसदहरू उठेर नाराबाजी गरिरहेकै अवस्थामा सभामुखले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेललाई ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।

विरोध जारी रहे पनि सभामुखले कार्यसूचीअनुसार विधेयकमाथिको छलफल प्रक्रिया अघि बढाएका छन् ।