

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ ले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
गत सोमबार भने सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम रहेको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १४० रुपैयाँ बढी हो।
अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो भने गत सोमबार यसको मूल्य ५ हजार ४० रुपैयाँ रहेको थियो।