

काठमाडौँ । आज (सोमबार) काठमाडौँ उपत्यकामा साँझपख वा राति वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनकाअनुसार उपत्यकामा दिनभर आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।
उनले भनिन्, “दिनभर आंशिक वा साधारणतया बादल लाग्ने सम्भावना छ। साँझपख वा राति मध्यमसम्म वर्षा हुन सक्छ, तर धेरै ठूलो वा लामो समयसम्मको वर्षा भने हुँदैन।”
मौसमविद् महर्जनका अनुसार वर्षा हुने समयमा बादलको मात्रा बढ्नेछ भने पानी नपर्दा बादल केही कम देखिनेछ। आंशिक बदली भन्नाले आकाशमा थोरै बादल देखिने र घाम लागिरहने अवस्था बुझिन्छ भने साधारणतया बदली हुँदा अधिकांश आकाश बादलले ढाकिएको हुन्छ। देशभरको मौसम अवस्था तथा वर्षाको सम्भावनाबारे विस्तृत जानकारी भने मौसम पूर्वानुमान महाशाखाले बिहान ८ बजे बुलेटिनमार्फत सार्वजनिक गर्ने जनाएको छ।